भियतनाममा शक्तिशाली आँधीका कारण चार जनाको मृत्यु, ७८ जनाभन्दा बढी घाइते हुँदा कयौं बेपत्ता

भियतनाममा शक्तिशाली आँधीका कारण चार जनाको मृत्यु, ७८ जनाभन्दा बढी घाइते हुँदा कयौं बेपत्ता

एजेन्सी : भियतनाममा ‘यागी’ आँधीका कारण चार जनाको मृत्यु भएको छ। कयौं माछा मार्ने मानिसहरू बेपत्ता भएका छन्।

यो आँधीबाट ताइवानको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको छ। ‘यागी’ लाई यस वर्षको एसियाकै शक्तिशाली आँधी पनि भनिएको छ।

इन्डो-प्यासिफिक ट्रपिकल चक्रवात चेतावनी केन्द्रका अनुसार शनिबार बिहान करिब २०३ किलोमिटर प्रतिघण्टाको गतिमा यो आँधी हाइ फोङ र क्वाङ निह राज्यमा पुगेको बीबीसीले जनाएको छ।

हावाहुरीले उडेको धुलोका कारण भवनका झ्याल र सवारी साधनमा क्षति पुगेको छ। हनोईमा धेरै रुखहरू ढलेका कारण विद्युत आपूर्ति समेत अवरुद्ध भएको छ।

उत्तरी राज्य क्वाङ निहमा यस आँधीका कारण तीन जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। हनोई नजिकैको हाइ दुआङमा एक जनाको मृत्यु भएको छ।

सोही क्षेत्रमा ७८ जना घाइते भएको पनि समाचार छ। धेरै माछा मार्ने कयौं मानिसहरू पनि बेपत्ता भएका छन्।

भदौ २२, २०८१ आइतबार ०८:२७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।