हंगेरीमाथि जर्मनीको शानदार जित

हंगेरीमाथि जर्मनीको शानदार जित

काठमाडौं : युईएफए नेशन्स लिगमा हंगेरीमाथि जर्मनीले शानदार जित हात पारेको छ।

जर्मनीको मर्कुर स्पेइल एरिनामा शनिबार राति भएको खेलमा जर्मनीले ५-० गोल अन्तरले जित हात पारेको हो।

जर्मनीका लागि खेलको २७औं मिनेटमा निकलास फुलक्रुगले गोल गर्दै अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ५७औं, ६६औं, ७७औं र ८१औं मिनेटमा क्रमशः जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जान्डर पाभ्लोभिक र काइ हाभर्ट्जले गोल गरे।

हंगेरीले बल पोसेसन ४३ प्रतिशत भएर केही अवसर बनाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

यस्तै लिग अन्तर्गत आजै राति भएका अन्य खेलहरुमा ग्रिसले फिनल्याण्डलाई ३-०, अल्बानियाले युक्रेनलाई २-१, नेदरल्याण्ड्सले बोस्निया एण्ड हर्जगोभिनियालाई ५-२ गोल अन्तरले हराएको थियो।

लिग अन्तर्गत आज राति नौ खेल हुँदैछन्।

भदौ २२, २०८१ आइतबार ०७:४४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।