रक्षामन्त्रीको प्रतिबद्धता : धेरै परिवर्तन नगरेपनि पुरानो कुरालाई नबिगार्ने र नभत्काउने

रक्षामन्त्रीको प्रतिबद्धता : धेरै परिवर्तन नगरेपनि पुरानो कुरालाई नबिगार्ने र नभत्काउने

काठमाडौं : रक्षामन्त्री मानवीर राईले पार्टीका सिद्धान्तहरू पालना नगर्दा असन्तुष्टिका जन-आवाजहरू आउन थालेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नयाँ, पुरानो सबै पार्टीको उद्देश्य र सिद्धान्तहरू राम्रो भएको भन्दै त्यसको पालनामा अभावको कारण समस्या आएको बताए। 

उनले भने, ‘नयाँ, पुरानो सबै पार्टीको सपथ, उद्देश्य र सिद्धान्तहरू राम्रो छन्। तर, त्यसलाई पालना नगर्दा कता कता अल्मलिएर असन्तुष्टिका जन-आवाजहरू आउन थालेका छन्। यसमा ध्यान दिनुपर्छ। म जस्तो भुइँमान्छेले मन्त्रालय सम्हाल्दा थप जिम्मेवारीको बोध पनि छ।’

उनले धेरै ठूलो इज्जत हासिल गर्न नसकेपनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने र नघटाउने प्रतिबद्धता व्यक्त गरे। 

उनले भने, ‘गोर्खे खुकुरीवालाहरुको धेरै ठूलो इज्जत छ। त्यही हासिल गर्न नसकौँला तर धेरै परिवर्तन नगरेपनि, थप विकास नगरेपनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने, पुरानो ठाउँबाट तल नघटाउने प्रतिबद्धता जनाउन चाहन्छु।’

उनले सरकारले नियम र विधि अनुसार नियमन गर्ने हिसाबले गम्भीर छलफलका साथ अहिलेको मन्त्रिपरिषद्ले टिकटकलाई खोलेको बताए। 

भदौ २१, २०८१ शनिबार २०:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।