एमालेसँगको गठबन्धन रहर नभई बाध्यता हो, ८४ मा हाम्रो मूल प्रतिस्पर्धी एमाले नै हो : पर्यटनमन्त्री

एमालेसँगको गठबन्धन रहर नभई बाध्यता हो, ८४ मा हाम्रो मूल प्रतिस्पर्धी एमाले नै हो : पर्यटनमन्त्री

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले एमालेसँगको गठबन्धन रहर नभई बाध्यता भएको बताएका छन्। 

शनिबार सूर्यप्रसाद उपाध्यायको चालिसौं स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिक अस्थिरताबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जाने बताए। 

उनले भने, ‘अहिले कम्युनिष्टसँगको मेलमिलाप र सहकार्यको नीति रहर होइन, बाध्यता हो। हामी होसियार हुनुपर्ने कुरा भनेको हाम्रो मौलिकता जोगाउने विषयमा हो। राजनीतिक स्थिरता जरुरी भयो, माओवादी अध्यक्षले जुन राजनीतिक अस्थिरताको भूमिका निर्वाह गर्नुभयो, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जान्छौ। ८४ मा पुगेपछि हाम्रो मूल प्रतिस्पर्धी एमाले नै हो।’ 

उनले इतिहासका कुनै पनि कालखण्डमा सूर्यप्रसाद उपाध्याय नछुटेको भन्दै उनले अन्य नेताहरु सरह सम्मान पाउनु पर्ने पनि बताए।  

भदौ २१, २०८१ शनिबार १९:३५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।