एउटै रवि लामिछानेले देश बनाउन सक्दैन, ३६ हजार बढी रविहरू जन्माउनु पर्छ : रास्वपा उपसभापति

एउटै रवि लामिछानेले देश बनाउन सक्दैन, ३६ हजार बढी रविहरू जन्माउनु पर्छ : रास्वपा उपसभापति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले चार महिना सरकारमा बस्दा गरेका कामहरू देखेर राजनीतिक पेसा बनाएकाहरू तर्सिएको बताएका छन्। 

सिन्धुली-काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने भएकाले ३६ हजारभन्दा बढी रविहरू जन्माउनुपर्ने बताए।

उनले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रवि चाहिने भन्दै ३६ हजार १०७ जना रविहरू जन्माउनुपर्ने र आफूहरू त्यही अभियानमा लागेको बताए।

उपसभापति अर्यालले भ्रष्टाचार गर्नेलाई रास्वपामा कुनै ठाउँ नभएको दाबी गरे।   

उनले  भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा २०७९ साल असार ७ गते राष्ट्रिय सभा गृहमा पार्टी सभापति रवि लामिछाने जे बोल्नु भएको थियो हामी त्यहीँ हौँ। भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएका हौँ। त्यहीँ अडिग रहिरहनेछौँ। कतै विचलित भएका छैनौँ, चेन्ज भएका छैनौँ।’ 

भदौ २१, २०८१ शनिबार १९:१६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।