कर्मचारीहरूलाई प्रधानमन्त्रीले स्पष्टसँग भने- ‘तनखा वृद्धि गर्नसक्ने अवस्था छैन’

कर्मचारीहरूलाई प्रधानमन्त्रीले स्पष्टसँग भने- ‘तनखा वृद्धि गर्नसक्ने अवस्था छैन’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन्।

शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कर्मचारीहरूका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनखा वृद्धि गर्न नसकिने बताए।

‘कर्मचारीका समस्या आएका छन्। म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ। पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ,’ उनले भने, ‘अहिले देशको अर्थतन्त्रले त्यसो गर्न सम्भव छैन।’

अहिले मनलाई दह्रो बनाई कठिनाइहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमिक र सुविधा पनि बढ्ने बताए।

भदौ २१, २०८१ शनिबार १२:२०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।