रसुवाको सडकमा पहिरोसँगै ठूलो ढुङ्गो खस्दा पासाङल्हामु मार्ग बन्द

रसुवाको सडकमा पहिरोसँगै ठूलो ढुङ्गो खस्दा पासाङल्हामु मार्ग बन्द

रसुवा : जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबीच मूलखर्कमा सडक अवरूद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन्।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट खसेको ढुङ्गा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन्।

अत्यधिक वर्षपछि आएको पहिरोसँगै खसेको ठूलो ढुङ्गाले सडक अवरूद्ध बनेको छ। ढुङ्गा फुटाएर सडक सञ्चालन गराउने प्रयास भइरहेको छ।

सडक अवरूद्व भएकाले दर्जनौं सवारीसाधन र यात्री मूलखर्कमा रोकिएका छन्। चीनको केरुङलाई काठमाडौंसम्म जोड्ने यो नै मुख्य सडक हो।

भदौ २१, २०८१ शनिबार ११:४९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।