हिना खानलाई तेस्रो चरणको स्तन क्यान्सर, भनिन्- ‘खाना खाँदा पनि दुखाइ भइरहेको छ’

हिना खानलाई तेस्रो चरणको स्तन क्यान्सर, भनिन्- ‘खाना खाँदा पनि दुखाइ भइरहेको छ’

एजेन्सी : अभिनेत्री हिना खान तेस्रो चरणको स्तन क्यान्सरबाट पीडित छिन्। उनले शुक्रबार एक पोस्ट सेयर गर्दै आफू धेरै समस्याको सामना गरिरहेको बताएकी छिन्।

हिनाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा दुई तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छन्, ‘सबै दुख्छ तर मुस्कान जानु हुँदैन। धेरै समस्या छन्। खाना खाँदा पनि पीडा हुन्छ। तर, नकारात्मक हुनुको कुनै कारण छैन। म मुस्कुराउन र आफूलाई उत्प्रेरित राख्न चाहन्छु। म आफैँलाई भन्छु कि यो सबै समाप्त हुनेछ र म यसलाई पार गर्नेछु।’

२८ जुनमा आफूलाई स्टेज तेस्रो चरणको स्तन क्यान्सर भएको बताएकी थिइन्।

पोस्टमा हिनाले लेखेकी छिन्, ‘हालसालै उडिरहेको हल्लाको बीचमा म तपाईंलाई केही महत्त्वपूर्ण जानकारी दिन चाहन्छु। म स्तन क्यान्सरको तेस्रो चरणमा छु।’

३६ वर्षीय हिनाले लेखिन्, ‘म ठिक छु! म बलियो छु र म दृढ छु। म यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु। मेरो उपचार सुरु भएको छ र म यसलाई अझ बलियो बनाउन हर सम्भव प्रयास गर्न तयार छु।’

‘ये रिश्ता क्या कहलाता है’बाट चर्चामा आएकी हिना ‘बिग बोस ११’ मा पनि देखिएकी थिइन्।

भदौ २१, २०८१ शनिबार ०८:२४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।