ज्योति विकास बैंकका ग्राहकलाई ‘ज्यासमिन फिटनेस क्लब एन्ड स्पा’मा छुट

ज्योति विकास बैंकका ग्राहकलाई ‘ज्यासमिन फिटनेस क्लब एन्ड स्पा’मा छुट

काठमाडौं : ज्योति विकास बैंकले काठमाडौँस्थित ज्यासमिन फिटनेस क्लब एन्ड स्पामा बैंकका ग्राहकहरूलाई २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकहरूले उक्त क्लब र स्पामा २० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

हालै बैंकले ललितपुरस्थित मेडेक्स मल्टिस्पेशालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ।

यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात ट्र्याङ्क्युलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

साथै, बैंकले टिस्टुङ रिसोर्टमा १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

भदौ २१, २०८१ शनिबार ०८:१४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।