कब्जा गरिएको वेस्ट बैंकमा अमेरिकी नागरिकको गोली लागी मृत्यु

कब्जा गरिएको वेस्ट बैंकमा अमेरिकी नागरिकको गोली लागी मृत्यु

एजेन्सी : प्यालेस्टिनी अस्पतालका एक अधिकारीले कब्जा गरिएको वेस्ट बैंकमा शुक्रबार एक अमेरिकी नागरिकको टाउकोमा गोली लागेर मृत्यु भएको बताएका छन्।

नाब्लुसस्थित राफिडिया अस्पतालका निर्देशक फौद नाफाले भने, 'एकजना अमेरिकी नागरिकले टाउकोमा गोली लागेपछि उपचारका लागि अस्पताल आइपुग्नुभएको थियो। उहाँको स्थानीय समय अनुसार १४ः३० बजेतिर मृत्यु भएको छ।'
 
प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाका अनुसार मारिएका अभियन्ता गाजा पट्टीमा जारी युद्धसँगै पश्चिम किनारामा बढेको इजरायली बसोवासी हिंसाबाट किसानहरूलाई जोगाउन ‘फाजा’ नामक एक अभियानमा संलग्न थिए। नाफाले एएफपीलाई बताएअनुसार मृतक महिला २० वर्षकी थिए। 

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अकस्मात् गरेको आक्रमणपछि इजरायली सेना र स्थानीयबासीले वेस्ट बैंकमा कम्तीमा ६६१ जना प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली अधिकारीहरूका अनुसार उक्त अवधिमा प्यालेस्टिनी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा २३ जना इजरायली मारिएका छन्।  

भदौ २१, २०८१ शुक्रबार २१:४५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।