बाख्रा चराउन जाँदा १२ वर्षीय बालकको करेन्ट लागेर मृत्यु, स्थानीयले क्षतिपूर्ति माग गर्दै सडक जाम गरे

बाख्रा चराउन जाँदा १२ वर्षीय बालकको करेन्ट लागेर मृत्यु, स्थानीयले क्षतिपूर्ति माग गर्दै सडक जाम गरे

बैतडी : बैतडीमा एक बालकको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध पारेका छन्।

आज सिगास गाउँपालिका-९ का १२ वर्षीय वसन्त बोहराको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले साँझदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। 

वसन्तको दिउँसो १२ बजे बाख्रा चराउन गएका बेला भूँइमा अलपत्र तारमा अल्झिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो। उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको टोली राजमार्ग खुलाउन उक्त क्षेत्रमा पुगेको छ।  

भदौ २०, २०८१ शुक्रबार २१:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।