सुकुम्बासीको कथामा ‘आँखा’, दोस्रो गीत रिलिज हुँदासमेत फिल्मले लिएन ‘पिकअप’

सुकुम्बासीको कथामा ‘आँखा’, दोस्रो गीत रिलिज हुँदासमेत फिल्मले लिएन ‘पिकअप’

काठमाडौं : नाटकमा लामो अनुभवपछि अभिनेत्री स्मिता लामिछाने फिल्म निर्माणमा लागिन्। ‘१२ सत्ताइस’, ‘म राजेश हमाल’ जस्ता फिल्ममा मुख्य भूमिकामा अभिनय गरेकी उनको ‘आँखा’ नामक फिल्म आगामी असोज ११ गते प्रदर्शन हुँदैछ।

फिल्मले नदी किनार ओगटेर बसेका सुकुम्बासी बस्तीभित्रको कथालाई समेटेको छ। फिल्म प्रदर्शनको संघारमा रहँदा निर्माण टिम अहिले प्रचारप्रसारमा होमिएको छ।

फिल्मको पोस्टर, टिजरका अलवा गीत समेत रिलिज भइसके पनि ती प्रचार सामग्री दर्शकमाझ पुग्न सकेका छैनन्। यसै क्रममा निर्माण टिमले दोस्रो गीत ‘खुशी’ बिहीबार सार्वजनिक गर्यो।

पोस्टर र टिजरले आशा जगाउन नसकेका उनीहरूले गीतमार्फत प्रचारले पिकअप लिने सोचेका थिए। तर, गीतले पिकअप नै लिन सकेन। रिलिज भएको २१ घण्टामा गीतलाई जम्मा ३३ हजार पटक हेरे।

प्रकाश मल्ल र राम अविरल बिष्टको शब्द रचना रहेको गीतमा पवन गिरी र मीना सिंह स्वर सुन्न सकिन्छ।

फिल्ममा नाम चलेका कलाकारहरू भए पनि उनीहरूले सामाजिक सञ्जालबाट मात्रै साथ दिएका छन्।

न योन्जनको कथा तथा निर्देशनमा बनेको फिल्ममा स्मिता, आरके मेहतासँगै निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ।

भदौ २१, २०८१ शुक्रबार १३:४७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।