टाउकोमा धारिलो हतियारले हानेर आमा-छोराको हत्या, २४ घण्टा बित्दासमेत परेन कसैको जाहेरी

टाउकोमा धारिलो हतियारले हानेर आमा-छोराको हत्या, २४ घण्टा बित्दासमेत परेन कसैको जाहेरी

गाईघाट : उदयपुरको कटारी नगरपालिका-१० स्थित सोरुङ छविसेमा आमा-छोरा हत्या घटनाबारे प्रहरीमा जाहेरी परेको छैन।

घटना घटेको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जाहेरी नपरेको इलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरीक्षक उमेश महतोले जानकारी दिए। यद्यपि प्रहरीले आवश्यक अनुसन्धान भने थालिसकेको छ।

बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र उनका छ वर्षीय छोरा आरुस थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। उनीहरूको शव घोप्टो परेको अवस्थामा घरमै फेला परेको थियो।

घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कटारीको टोली घटनास्थल पुगेका थिए। शव परीक्षणका लागि कटारी अस्पताल ल्याइएको छ।

हत्या गरिएका निर्मला थापाको श्रीमान् अशोक थापा दुई वर्षअघि दोस्रो विवाह गरी भारततिर गएका थिए। श्रीमान्ले दोस्रो विवाह गरेपछि निर्मला एक छोरासँग गाउँको वडा कार्यालय नजिकै पसल सञ्चालन गर्दै आएकी थिइन्।

घटनास्थलमा अनुसन्धानका लागि विज्ञ प्रहरी टोली खटाइसकिएको छ।

भदौ २०, २०८१ शुक्रबार १३:१९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।