२६ गतेसम्मका लागि बोटले ल्यायो ७० प्रतिशतसम्म छुट दिने अफर
काठमाडौं : भारतको नम्बर १ अडियो र वेयरेवल ब्राण्ड बोटले नेपाली बजारमा नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू ल्याएको छ।
नेपालका लागि आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले बोटका नयाँ मोडलहरू निर्भना आईओएन, एयरडोप सुप्रिम र एयरडोप ९१ का साथै वेभ कल २ स्मार्टवाच र पावर बैंकहरू नेपाल भित्र्याउन लागेको हो।
बोटका उत्पादनहरु देशभरका एक हजारभन्दा बढी रिटेल र मोबाइल पसलहरुमा उपलब्ध छ। ब्रान्डको स्थापनादेखि नै दराजमा यसका उत्पादनहरू बिक्री हुँदै आएको छ।
कम्पनीले नेपालभरि १० भन्दा बढी टच प्वाइन्टहरूबाट ग्राहकलाई वारेन्टी लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ।
नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रवद्र्धन गर्न बोटले भदौ २० देखि २६ सम्म दराजमा ‘boAtheadDAYS’ नामक ब्राण्ड वीक सेल आयोजना गरिरहेको छ। यस अवधिमा बोटका उत्पादनहरूमा ७० प्रतिशतसम्मको छुट पाउन सकिनेछ।
भदौ २१, २०८१ शुक्रबार ११:४८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।