बजाजको ‘क्यास सफारी’ अफर, एक लाख क्यासदेखि केन्यामा जङ्गल सफारीसम्मको मौका

बजाजको ‘क्यास सफारी’ अफर, एक लाख क्यासदेखि केन्यामा जङ्गल सफारीसम्मको मौका

काठमाडौं : बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरूको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ।

‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ।

बजाजको यस योजना अन्तर्गत ग्राहकहरुले हरेक बजाजको खरिदमा स्योर सट रुपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन्। त्यसैगरी बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउनेछन्।

अफर घोषणा गर्दै कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले चाडपर्वको अवसरमा ल्याइने यस्ता स्किमले ग्राहकलाई फरक किसिमको अनुभव प्रदान गरेको दाबी गरे। उनले यस वर्ष पनि बजाजले ग्राहकहरूको चाड विशेष बनाउने विश्वास व्यक्त गरे।

बजाजले ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको छ। इजी फाइनान्स र ५० प्रतिशत डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ।

भदौ २०, २०८१ शुक्रबार ११:३०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।