एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा, चलाउँदा शुल्क नलाग्ने

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा, चलाउँदा शुल्क नलाग्ने

काठमाडौं : एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखि प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्टको आवेदन दिनसक्ने सुविधा थपेको छ।

यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै एपबाट लिन सकिनेछ। सधैं अन प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरुप एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा आफ्नो एपमा थपेको कम्पनीले जनाएको छ।

प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एप मार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन्। साउन २९ गतेबाट लागु हुने गरि एनसेलले नेपाल प्रहरीको वेबसाइटलाई आफ्नो नेटवर्कमा निःशुल्क चल्ने बनाएको थियो।

यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवा लिन यो वेबसाइट चलाउँदा इन्टरनेटको पैसा नलाग्ने भएको छ।

एपमार्फत लामो वा छोटो समयका लागि देश बाहिर रोमिङमा रहेका नेपालीहरूका लागि पनि एकदमै महत्व राख्दछ। रोमिङका बेलामा ग्राहकहरूले सजिलै रिचार्ज गर्न, प्याकहरू किन्न र आफू देश बाहिर भए पनि सहजै सम्पर्कमा रहन सक्छन्।

भदौ २१, २०८१ शुक्रबार १०:२३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।