हलमा ‘देवी’, ‘रावायण’देखि विजयको ‘गोट’सम्म

हलमा ‘देवी’, ‘रावायण’देखि विजयको ‘गोट’सम्म

काठमाडौं : शुक्रबार नेपाली फिल्म ‘रावायण’ र ‘देवी’ एकै दिन रिलिज भए।

पूजा शर्मा र पल शाह अभिनित फिल्म रावायणले एक सय २० हाराहारीको शो संख्या पाउँदा देवीले ५० मात्र पाएको छ।

बलात्कारको घटनामा कानूनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा ‘देवी’ फिल्मको मुख्य कथा हो।

फिल्ममा फरक भूमिकामा आफूलाई अब्बल साबित गरिसकेका नाजिर हुसेनदेखि गौरव पहारी, टीका पहारी, ध्रुव कोइराला, शिल्पा मास्के लगायतका कलाकारले फिल्मा अभिनय गरेका छन्।

‘रावायण’ फिल्ममा पूजा शर्मा पत्रकारको भूमिकामा देखिँदा ‘देवी’मा पनि बलात्कार विरुद्ध पत्रकार पात्रलाई नै प्रस्तुत गरिएको छ।

दुवै फिल्म एकै दिन रिलिज भए पनि प्रचार र विवादले ‘रावायण’ अगाडि थियो। शुक्रबार शो संख्यामा पनि रावायण नै अगाडि देखिन्छ।

दुवै फिल्ममध्ये जसले ‘माउथ पब्लिसिटी’पाउँछ त्यसको व्यापार बढ्ने पक्का छ।

हलमा दक्षिण भारतीय फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ समेत रिलिज भयो। शोहरू टन्नै पाएको छ यसले पनि।

हलमा सात शो सहित ‘वर एन्ड बधु’ र एक शो सहित ‘घर ज्वाइँ’ पनि चलिरहेकै छन्।

भदौ २०, २०८१ शुक्रबार १०:१३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।