पशुपतिमा ‘तीजको लहर’ (फोटोफिचर)

पशुपतिमा ‘तीजको लहर’ (फोटोफिचर)
तस्बिर- नेपाल न्यूज बैंक

काठमाडौं : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

यसैबीच आराध्यदेव पशुपतिनाथ मन्दिरमा विहानैदेखि व्रतालुहरु लामबद्ध भएर पशुपतिनाथको दर्शन गरिरहेका छन्। दर्शनपछि उनीहरू समूह–समूह बनाएर नाचगानमा समेत व्यस्त भएका छन्।

हरेक वर्ष हरितालिका तीजमा पुशपति लगायत देशभरका शिवालयहरुमा भक्तहरूको भीड लाग्ने गर्छ।

भदौ २०, २०८१ शुक्रबार ०८:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।