‘सक्किगोनि’बाट ‘काकु’ निकालिएका कि बाहिरिएका?

‘सक्किगोनि’बाट ‘काकु’ निकालिएका कि बाहिरिएका?

काठमाडौं : हास्य टेलिश्रृंखला ‘सक्किगोनि’बाट दीपक प्रसाद आचार्य (काकु)बाहिरिएका छन्। उनी त्यसयता श्रृंखलामा नदेखिएका उनी त्यसैबेलादेखि बाहिरिएका हुन्। 

दीपक यहि टिमले निर्माण गरिरहेको फिल्म ‘लाज शरणम्’को मुख्य भुमिकामा रहेर काम गरिरहेका थिए। तर, फिल्मको लेखनदेखि हरेक कुरामा सहकार्य गर्दै आएका उनी अचानक श्रृंखलाबाट बाहिरिए। 

उकेराकर्मीले काकुसँग यस बारेमा सोध्दा विभिन्न कारण रहेको बताए। तपाई श्रृंखलाबाट बाहिरिनुभएको हो? भन्ने प्रश्नमा उनले बोल्न चाहेनन्। उनी यस कुरामा मौन बस्न रहे। 

उनले सक्किगोनि र फिल्मबाट बाहिरिनुको कुरा नभने पनि उनीहरूबीच लामै द्धन्द्ध चर्किएको बुझिएको छ। किनभने फिल्मको सुरुवातबाट लेखनमा सघाएका उनले आफ्नो नाम कथामा कुमार कट्टेलले राख्न नमानेपछि उनी बाहिरिएको बुझिएको हो। 

फिल्मलाई कुमार आफैंले लेखेका हुन् भने लेखनमा काकुले पनि सघाएका थिए। तर, कुमारले एकलौटी नाम राखेपछि काकु बिच्किए। 

त्यसपछि अहिले काकु आफैं फिल्मको तयारीमा जुटेका छन्। उनी अहिले स्क्रिप्टको काममा समेत लागिरहेका छन्। तर, यसबारेमा उनी बोल्न चाहँदैनन्।

कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)को टिम यसअघि ‘भद्रगोल’मा रहेका थिए। श्रृखंलाको सुरुवातमा निर्माता तथा कलाकार सुवास कार्की (बेलासे) रहेका थिए। श्रृंखला चलेपछि बेलासे निर्माण टिमले निकालेको आरोप लागेको थियो। तर, केही समयपछि उनै बेलासे बेलायत भासिए।

यतिबेला सक्किगोनि टिम दीपकबाहेक फिल्मको सुटिङ लिएर पश्चिम पुगेका छन्। फिल्मका मुख्य कलाकार कमलमणि नेपालले फिल्म ‘लाज शरणम’को सुटको लागि डोल्पा पुगेको जानकारी दिए। 

उनले एकदिन अघि फिल्मका सम्पूर्ण टिम डोल्पा पुगेको बताए।  

भदौ १९, २०८१ बिहीबार २०:४४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।