प्रधानमन्त्री ओलीको अमेरिका जाने भ्रमण स्वीकृत, श्रीमतीसहित जानेछन् न्युयोर्क

प्रधानमन्त्री ओलीको अमेरिका जाने भ्रमण स्वीकृत, श्रीमतीसहित जानेछन् न्युयोर्क

काठमाडौँ : राष्ट्रसङ्घको महासभाका सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले ओलीको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो।

परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्यसँगै ओली एक निजी चिकित्सकसहित अमेरिका जानेछन्।

सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुने राष्ट्रसङ्घको महासभा अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुँदैछ । प्रधानमन्त्रीले सो समिटमा सम्बोधन गर्नेछन्।

भदौ १९, २०८१ बिहीबार १९:५७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।