पर्यटन बोर्डको सिइओमा दीपकराज

पर्यटन बोर्डको सिइओमा दीपकराज

काठमाडौँ : नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी चयन भए। बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बोर्डको सिइओका लागि २० जना प्रतिस्पर्धी सहभागी थिए । प्रतिस्पर्धामा पूर्व सिइओहरु धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो समेत थिए। जोशी पनि यस अगाडि बोर्डको सिइओ भइसकेका छन्।

जोशीको कार्यकाल सकिएपछि रेग्मी सीईओ नियुक्त भए। रेग्मीको कार्यकालमा बोर्ड सबैभन्दा धेरै बदनाम भयो।

 

भदौ १९, २०८१ बिहीबार १९:५२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।