भारतमा गाईको मासु तस्करी गरेको भन्दै हिन्दू किशोरको हत्या गरिएपछि ‘कथित गौरक्षक’लाई खोज्दैछ प्रहरी

भारतमा गाईको मासु तस्करी गरेको भन्दै हिन्दू किशोरको हत्या गरिएपछि ‘कथित गौरक्षक’लाई खोज्दैछ प्रहरी

एजेन्सी : गाईको मासु तस्करी गरेको आरोपमा एक युवकको गोली हानेर हत्या भएपछि भारतीय प्रहरीले अनुसन्धानका लागि ‘कथित गौरक्षक’को सूची सङ्कलन गरिरहेको छ। 

गत महिना उत्तरी हरियाणा राज्यमा १९ वर्षीय हिन्दू आर्यन मिश्राको हत्याले असामान्य आक्रोश निम्त्याएको छ। 

भारतीय राज्यहरूमा गाईको हत्यामा प्रतिबन्ध लगाइएको छ। 

अधिकारीहरूले गाईको हत्यामा संलग्न भएको आरोपमा मानिसहरूलाई आक्रमण गर्न ‘गौरक्षक’को गिरोह बनाउने हिन्दू कट्टरपन्थीलाई नियन्त्रण गर्न असफल भएको आरोपको सामना गर्दै आएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा गाईवस्तु व्यापारी र गाईको मासु खानेहरूमाथि हुने आक्रमणको आलोचना गरेका थिए। तर, उनको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को हिन्दू राष्ट्रवादी अभियानले चरमपन्थीहरूलाई प्रोत्साहित गरेको बताइन्छ। 

कथित गौरक्षक समूहले गाईको मासु ओसारपसार गरेको विश्वासमा अगस्त २४ मा मिश्रको हत्या गरेको थियो। 

हत्याका सम्बन्धमा पाँच जनालाई पक्राउ गरिएको छ। 

प्रहरीले कथित गौरक्षकटोलीको गतिविधि ट्रयाक गर्न ‘गौरक्षकहरूको सूची’ तयार गरिरहेको हरियाणाका वरिष्ठ प्रहरी अधिकारी अमन यादवले बताए। 

भदौ २०, २०८१ बिहीबार १६:४८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।