क्यानडा : खालिस्तान समर्थक पार्टीले ट्रुडोको साथ छाेड्यो, सरकार अल्पमतमा

क्यानडा : खालिस्तान समर्थक पार्टीले ट्रुडोको साथ छाेड्यो, सरकार अल्पमतमा

एजेन्सी : क्यानडामा जस्टिन ट्रुडोको लिबरल पार्टी र न्यू डेमोक्रेटिक पार्टी (एनडीपी) बीचको गठबन्धन टुटेको छ। सीबीसी न्यूजका अनुसार यसले अल्पमतमा परेको ट्रुडो सरकारमाथि संकट छाएको छ।

एनडीपीका खलिस्तान समर्थक नेता जगमीत सिंहले एक भिडियो जारी गर्दै आफूले दुई पार्टीबीच २०२२ मा भएको सम्झौता तोडेको बताएका छन्। उनले लिबरल पार्टीले व्यवसायीसामु झुकेको आरोप लगाउँदै यसले परिवर्तन हुन नसकेको बताए।

एनडीपीले २०२२ मा ट्रुडो सरकारलाई समर्थन गर्ने घोषणा गरेको थियो। एनडीपी र लिबरल पार्टीबीच भएको सहमतिलाई ‘सप्लाई र कन्फिडेन्स’ भनिएको थियो। सम्झौता अनुसार एनडीपीले विधेयक पारित गर्दा लिबरल पार्टीलाई समर्थन गरेको थियो। बदलामा, ट्रुडो सरकारले एनडीपीसँग सम्बन्धित नीतिहरू लागू गरेको थियो।

संसदमा अल्पमतमा रहेको ट्रुडो सरकार
प्रधानमन्त्री ट्रुडोले जनतालाई निराश तुल्याएको एनडीपीका नेता जगमीत सिंहले बताएका छन्। ट्रुडोको पार्टी अब अर्को मौका पाउन योग्य नभएको भन्दै यसअघि भएको सहमति तोडिएको बताए।

ट्रुडोको पार्टीको संसदमा १३० सिट छ। पार्टीलाई सत्तामा रहन थप ९ सिट चाहिन्छ। हालसम्म २४ सिट भएको एनडीपीले समर्थन गर्दै आएको थियो। बहुमतका लागि ट्रुडोको पार्टीलाई अब क्युबेक पार्टी (३२ सिट) को समर्थन चाहिन्छ।

विपक्षी कन्जरभेटिभ पार्टीको १ सय १९ सिट छ। सर्वेक्षणका अनुसार चुनाव भए कन्जरभेटिभ पार्टीले बहुमत ल्याउन सक्छ। त्यसैले, ट्रुडो सरकार चुनाव स्थगित गर्न बाध्य भएको छ।

यस्तो अवस्थामा लिबरल पार्टीले बजेट पारित गर्न र चुनाव स्थगित गर्न हाउस अफ कमन्समा अन्य विपक्षी दलहरूको समर्थन जुटाउनु पर्नेछ। प्रतिवेदनका अनुसार संसदको अधिवेशन यही महिनाको अन्त्यबाट सुरु हुनेछ। कुनै पनि दलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएमा ट्रुडो सरकारले बहुमत प्रमाणित गर्नुपर्नेछ।

यदि ट्रुडो सरकारले आफ्नो बहुमत प्रमाणित गर्न नसने अक्टोबर २०२५ अघि देशमा चुनाव हुन सक्छ।

यसैबीच जगमीत सिंहले यस महिनाको अन्त्यमा अविश्वास प्रस्ताव ल्याउने भन्दै आफ्नो पार्टी आगामी निर्वाचनका लागि तयार रहेको समेत बताए।

को हुन् जगमीत ?
२०१७ देखि एनडीपीका प्रमुख जगमीत क्यानडाको पार्टीको जिम्मेवारी सम्हाल्ने पहिलो नेता हुन्। उनको जन्म सन् १९७९ मा क्यानडाको ओन्टारियोमा भएको थियो। उनका आमाबाबु राम्रो जीवनको खोजीमा पञ्जाबबाट क्यानडा बसाइँ सरेका थिए। रिपोर्टका अनुसार जगमीत २०११ मा ससद सदस्य बनेका थिए।

भारतले २०१३ मा जगमीत सिंहलाई भिसा दिन अस्वीकार गरेको थियो । उनीमाथि भारत विरोधी गतिविधिमा संलग्न रहेको र कट्टरपन्थीसँग सम्बन्ध रहेको आरोप लागेको थियो।

भिसा रद्द भएपछि, जगमीत सिंहले सन् १९८४ देखि सिख विरोधी दंगाका पीडितहरूको लागि आवाज उठाउँदा सरकार आफूसँग रिसाएको आरोप लगाएका थिए। उनले आफूलाई पञ्जाबमा ‘सिख अफ द इयर’ सम्मान गर्न बोलाइएको बताएका थिए।

क्यानडाको वेबसाइट ग्लोब एण्ड मेलका अनुसार जगमीत सिंहले सन् २०१५ को जुनमा खालिस्तानको समर्थनमा सान फ्रान्सिस्कोमा भएको र्यालीमा भाग लिएका थिए। सो अवसर भिन्द्रनवालाको पोस्टर लिएर मञ्चमा बोल्दै गरेको सुनिएको थियो। यस क्रममा जगमीतले भारत सरकारमाथि सिखहरुको नरसंहारको आरोप लगाएका थिए।

भदौ १९, २०८१ बिहीबार १४:०२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।