रेमिट्यान्स आउने खातावाला महिलालाई कुमारी बैंकले तीजमा एक सय रुपैयाँ क्यासब्याक दिने
काठमाडौं : कुमारी बैंकले हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी क्यास ब्याक योजना सञ्चालन गरेको छ।
बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीहरूको खाताबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भुक्तानी गर्दा प्रत्येक दिन २५ सेवाग्राहीलाई एक सय रुपैयाँ क्यासब्याक दिने भएको हो।
योजना भदौ २० देखि २६ गतेसम्म लागू हुनेछ। योजनाबाट सेवाग्राहीहरूको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने बैंकको विश्वास छ।
भदौ २०, २०८१ बिहीबार १२:५७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।