अमेरिकाद्वारा राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको आरोप, छ नयाँ प्रतिबन्धको घोषणा
एजेन्सी : अमेरिकाले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाउँदै रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।
महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रूसको सरकारी मिडिया आरटीलाई अमेरिकी दर्शकसमक्ष लुकेको रुसी सन्देश उत्पादन र प्रसारण गर्न टेनेसीको एक फर्मलाई एक करोड डलर दिएको आरोप अमेरिकाले लगाएको छ।
प्रतिबन्ध लगाइएका १० जनामध्ये आरटीका प्रमुख मार्गरिटा सिमोनियनको नाम पनि छ। अमेरिकी संस्थाहरूप्रति जनताको विश्वासमा आँच पुर्याउने प्रयास भएको अमेरिकी भनाइ छ।
आरटीले यसमा आफ्नो संलग्नताको आरोप अस्वीकार गरेको छ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसको परियोजना युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनलाई कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदाताहरूलाई प्रभाव पार्ने भएको बताए।
आरटी र अन्य रूसका सरकारी मिडियाले गुप्त रूपमा अमेरिकी प्रभावकारीहरूलाई उनीहरूको गलत कामलाई समर्थन गर्न भर्ती गर्ने अभियान सञ्चालन गरेको अमेरिकी अधिकारीहरूको आरोप छ।
यस्ता छन् आरटीका अधिकारीमाथि रुसले लगाएको प्रतिबन्धहरू-
- आरटीका दुई जना प्रबन्धकलाई अमेरिकी भूमिमा रुस समर्थक प्रचारप्रसार गर्न आर्थिक सहयोग गरेको आरोप लागेको छ।
- आरटीका सम्पादक सिमोन्यानसहित दुई संस्था र १० जनामाथि प्रतिबन्ध लगाइएको छ।
- रूसको राज्य मिडियासँग सम्बन्धित कर्मचारीहरूको लागि भिसामा प्रतिबन्ध लगाइएको छ।
- सामाजिक सञ्जालमा अमेरिकी जनतामाझ प्रचार फैलाउने एआई-बाट बनाइएका झूटा कथाहरू फैलाउने ३२ इन्टरनेट डोमेनहरू जफत गरिएको छ।
- रोसिया सेगोद्न्या र यससँग सम्बन्धित पाँचवटा प्लेटफर्महरू रिया नोभोस्टी, आरटी, टिभी- नोभोस्टी, राप्ट्ली र स्पुटनिकलाई विदेशी मिसनहरू करार गर्दै उनीहरूसँग जोडिएका कर्मचारीहरूको विवरण अमेरिकी सरकारी सरकारलाई दिनुपर्नेछ।
- रुसी समूह ‘रसियन एङ्ग्री ह्याकर डिट इट’सँग सम्बद्ध ह्याकरहरूको बारेमा जानकारी दिनेलाई एक करोड डलर पुरस्कारको घोषणा।
भदौ २०, २०८१ बिहीबार १०:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।