त्रिविको ५०औं दीक्षान्त समारोहका लागि आवेदन आह्वान

त्रिविको ५०औं दीक्षान्त समारोहका लागि आवेदन आह्वान

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औं दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वान गरेको छ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरिएको हो।

२०५० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूलाई फाराम भर्न भनेको हो।

आवेदन फाराम ९ भाद्रदेखि असोज २३ गतेसम्म अनलाइनमार्फत दिन सकिनेछ।

भदौ १९, २०८१ बिहीबार ०९:५२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।