इन्ड्राइभका ड्राइभर पार्टनर्स र तिनका बालबालिकालाई प्रशिक्षण र मर्चेन्डाइज वितरण

इन्ड्राइभका ड्राइभर पार्टनर्स र तिनका बालबालिकालाई प्रशिक्षण र मर्चेन्डाइज वितरण

काठमाडौं : इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सका बालबालिकाहरूलाई प्रशिक्षण र आवश्यक मर्चेन्डाइज प्रदान गरेको छ।

इन्ड्राइभले आफ्ना ड्राइभर पार्टनर्सहरू र तिनका छोराछोरीहरूलाई जुत्ता र टी-सर्टहरू लगायतका विशेष मर्चेन्डाइज वितरण गरेको छ।

मर्चेन्डाइज उपहारको अतिरिक्त, बालबालिकाहरुको लागि एउटा ट्रेनिङ सेसनको आयोजना गरेको छ।

यो सेसन युवा मष्तिष्कलाइ इन्साइट र दक्षता प्रदान गरेर सशक्तिकरण र प्रेरित गर्न डिजाइन गरिएको हो। यो ट्रेनिङले उनीहरूको शैक्षिक र व्यक्तिगत वृद्धिमा फाइदा पुर्याउनेछ।

इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको लागि उपहारको पनि आयोजना गरिरहेको छ। यस अन्तरगत, योरपेस तालिममा भाग लिइरहेका ड्राइभर पार्टनर्सका बालबालिकाहरूले ट्याब्लेट जित्ने मौका पाउनेछन्।

यसका साथै इनड्राइभ ड्राइभर पार्टनर्सहरुलाई उनीहरूको समर्पण र कडा परिश्रमको कदर गर्दै दुई वटा विद्युतीय सवारी (ईभी) उपहार दिइनेछ। 

भदौ २०, २०८१ बिहीबार ०८:५५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।