नेप्सेमा ९०. ७३ अङ्कको ओरालो, कारोबार रकम १२ अर्ब ९२ करोड

नेप्सेमा ९०. ७३ अङ्कको ओरालो, कारोबार रकम १२ अर्ब ९२ करोड

काठमाडौँ : लगातार दुई दिन बढेको सेयर बजार बुधवार एकै दिनमा ९०. ७३ अङ्कले ओरालो लागेर २७३९ मा बन्द भयो। कारोबार रकम पनि १२ अर्ब ९२ करोडमा खुम्चियो। बुधवारको कारोबारमा २२३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ३१ कम्पनीको बढ्यो। एउटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

बुधवारको कारोबार सुरु भएसँगै २८६०सम्म परिसूचक पुगेको थियो। तर लामो समय अड्किन सकेन। त्यसपछि ओरालो लागेको कारोबार रोकिएन। सबैभन्दा कम २७३३ सम्म झरेको नेप्से हल्का उकालिएर २७३९ मा बजार बन्द भयो।

 

भदौ १८, २०८१ बुधबार १५:०४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।