एससीटीले ल्यायो ‘तिर्की दाउः ट्रायर अफर’, सात सय ७७ रुपैयाँसम्म क्यासब्याक पाइने

एससीटीले ल्यायो ‘तिर्की दाउः ट्रायर अफर’, सात सय ७७ रुपैयाँसम्म क्यासब्याक पाइने

काठमाडौं : पर्वहरू लागेसँगै स्मार्टचोइस टेक्नोलोजी लिमिटेड (एसटीसी)ले ‘तिर्की दाउः ट्रायर अफर’ सार्वजनिक गरेको छ।

अफर अन्तर्गत एससीटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पीओएसमार्फत विद्युतीय कारोबार गर्दा सात सय ७७ रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

हालसम्म एससीटी-यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसँग आवद्ध बैंक तथा वित्तिय संस्थाहरूमा गएर प्राप्त गर्न सक्नेछन्।

ग्राहकले यस अवधिमा छ महिनादेखि प्रयोगमा नल्याएको एससीटी-यूपीआई डेबिट कार्ड प्रयोग गरेमा एक सय ११ रुपैयाँकोे क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा तीन सय ३३ रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा सात सय ७७ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन्। हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ।

साथै, भारतमा पनि नेपाली रुपैया दुई हजार पाँच सय वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

अफरको विस्तृत विवरण र शर्त तथा बन्देजहरू एससीटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ। यो अफर सेप्टेम्बर महिनाभर लागू हुनेछ।

भदौ १९, २०८१ बुधबार १२:१४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।