अनफलोको ‘ट्रेन्ड’ नै चलेपछि एमाले महासचिवले सेयर गरे ओलीको फेसबुक पेज

अनफलोको ‘ट्रेन्ड’ नै चलेपछि एमाले महासचिवले सेयर गरे ओलीको फेसबुक पेज

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेसबुकमा अनफलो गर्ने ट्रे्रन्ड चलिरहँदा एमाले महासचिवले ओलीको फेसबुक पेज सेयर गरेका छन्।

महासचिव शंकर पोरखेलले बुधबार विहान ओलीको फेसबुक पेजको लिंक सेयर गर्दै ‘नेकपा (एमाले)का अध्यक्ष तथा सम्माननीय केपी शर्मा ओलीको आधिकारिक फेसवुक पेज’ लेखेका हुन्।

ओलीको फेसबुक पेज अनफलोको ट्रेन्ड चलिरहेका बेला महासचिवले फेसबुक पेज सेयर गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले एमाले नेतृ एवं प्रदेशसभा सांसद रेखा शर्मालाई पक्राउ गर्न आग्रह गरेको फेसबुक पोस्ट एमाले कार्यकर्ताहरूको अध्यधिक रिपोर्टका कारण हटेपछि बालेन समर्थक ओलीविरुद्ध खनिएका हुन्।

अहिले ओलीको फेसबुकमा लगातार फलोअर्स घटिरहेका छन्। हिजो अपरान्ह ६ लाख ६६ हजार फलोअर्स भएका ओलीको फेसबुक पेजमा अहिले ६ लाख मात्र फलोअर्स छन्।

भदौ १८, २०८१ बुधबार ०९:३१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।