नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई बुद्ध एयरमा आठ प्रतिशत छुट
काठमाडौं : नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई बुद्ध एयरमा आठ प्रतिशत छुट पाउने भएका छन्।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र बुद्ध एयरको मार्केटिङ तथा सेल्स टिमका रुपेश जोशीबीच भएको सम्झौता पछि बैंकका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन्।
सम्झौता कार्यक्रममा बैंकका सल्लाहकार, ५पिराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।
भदौ १९, २०८१ बुधबार ०८:३८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।