नवाजुद्दीन सिद्धिकीले नेपाली फिल्ममा अभिनय गर्ने !, अनुरागसँगै नेपाल आउँदै

नवाजुद्दीन सिद्धिकीले नेपाली फिल्ममा अभिनय गर्ने !, अनुरागसँगै नेपाल आउँदै

काठमाडौं : भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकीले नेपाली फिल्म अभिनय गर्ने तयारी गरेका छन्।

निर्देशक मीन भामले उनका लागि फिल्म लेखिरहेका छन्। नवाज यसै सिलसिलामा नेपाल समेत आउँदैछन्।

उनी भामको फिल्म ‘शाम्बाला’ को प्रिमियममा सहभागी हुन नेपाल आउन लागेको भामले नै सार्वजनिक गरे। उनीसँगै चर्चित निर्देशक अनुराग कश्यप समेत नेपाल आउने छन्।

सन्जय सिलवाल गुप्ताको पडकास्टमा भामले शाम्बालाको प्रिमियममा दुवै जना नेपाल आउने जानकारी दिए। उनले सोही कार्यक्रममा नवाजले अभिनय गर्नेगरी फिल्म लेखिरहेको र  यसबारे कुरा पनि भइरहेको बताए।

‘मैले फिल्म लेखिसक्दा त्यही क्यारेक्टरमा कथा बस्ला, नबस्ला, नवाजसँग एक्टरको लागि कुरा भइरहेको छ। टोली लियोन लगायत युरोपियन कलाकारको पनि हुनेछन्। लिड रोल नेपाली कलाकारले गर्नेछन्’, उनले भने।

त्यही प्रजेक्टबारे छलफल गर्न र ‘शाम्बाला’ पनि हेर्न उनी नेपाल आउन लागेको उनले बताए। बर्लिन र लोकार्नो फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको ‘शाम्बाला’ भदौ २८ बाट नेपालमा रिलिज हुँदैछ। 

भदौ १८, २०८१ बुधबार ०७:४०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।