संखुवासभामा १५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ

संखुवासभामा १५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ

संखुवासभा : १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको धर्मदेवी नगरपालिका-८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरी बहादुर श्रेष्ठ रहेका छन्। उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

हरिबहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ १९, २०८१ बुधबार ०७:३१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।