सर्पले डसेका ३५ वर्षीय पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु

सर्पले डसेका ३५ वर्षीय पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु

बरहथवा (सर्लाही) : सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको मृत्यु भएको छ।

हरिवन नगरपालिका-८ चापिनीका ३५ वर्षीय सागर आलेमगरको मृत्यु भएको हो। आलेलाई गएराति शौचालय जाने क्रममा गोमन सर्पले डसेको र त्यसपछि लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्याइएको थियो। 

तर, त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए। 

उनका अनुसार गएराति नै सर्पले डसेको भएपनि आज बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको हो। 

भदौ १७, २०८१ मंगलबार २१:४९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।