किन देउवालाई भेट्न बुढानिलकण्ठ पुगे एमालेका नेताहरू?

किन देउवालाई भेट्न बुढानिलकण्ठ पुगे एमालेका नेताहरू?

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमालेका बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराई नेतृत्वको टोलीले आज भेट गरेको छ। 

नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर पालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवालाई बुढानिलकण्ठस्थित निवासमा भेट गरेको हो। 

भेटमा सभापति देउवाले सर्वोच्च अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जनाउँदै कानुनमन्त्रीलाई छिटोभन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिए। 

भेटमा एमालेका बागमती प्रदेश इन्चार्ज डा भट्टराई, काठमाडौँ जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौँ जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारिहरुको सहभागिता थियो। 

भदौ १८, २०८१ मंगलबार २१:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।