‘खुस्मा’को सुटिङमा धिरज र उपासनाले आफूले भनेजस्तै अभिनय गरेपछि रोए निर्देशक

‘खुस्मा’को सुटिङमा धिरज र उपासनाले आफूले भनेजस्तै अभिनय गरेपछि रोए निर्देशक

काठमाडौं : आजभोलि प्रायः फिल्ममा कलाकारले अभिनय हेरेर दर्शक रुँदैनन् झन् निर्देशक के रुन्थेँ होला र? तर, भदौ असोज ३ मारिलिज हुन लागेको फिल्म ‘खुस्मा’का निर्देशक अशोक थापा मगर रोए। उनी यो फिल्म चल्लाकी नचल्ला भनेर रोएका भने होइनन्, फिल्मका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीलाई फिल्म‘खुस्मा’मा अभिनय गराउँदाको क्षण रोएका हुन्। 

मंगलबार फिल्म खुस्माको बारेमा जानकारी दिन हात्तिसारस्थित एक क्याफेमा पत्रकार सम्मेलन राखिएको थियो। सोही क्रममा निर्देशक मगरले फिल्मको सुटिङका क्रममा आफू रोएको बताए। 

उनले भने, ‘कलाकारहरूले आफूले भनेको कुरामा अभिनय गर्दा निकै ठाउँ म आफै रोएको छु।’

दुई दशकअघि सरकार र तत्कालीन माओवादीबीचको केही बाछिटा पनि फिल्ममा पर्ने उनले बताए। अहिलेसम्म आएका द्धन्द्धको कथा भन्दा यो फिल्ममा फरक रुपमा आफूले दर्शकलाई देखाउन लागेको उनको दाबी छ। 

आफू द्धन्द्धको समयमा नेपालमा नरहेको तर आफूले त्यतिबेलाको घटनालाई आफ्ना आफन्त र कतिपय सिन रुकुम मैकोटमा पुगेपछि स्थानीयसँगको कुराकानीमा लेखेको बताए। 

धिरज र उपासना नै किन फिल्ममा लिनुभयो भन्ने प्रश्नमा उनले फिल्मको पात्र अनुसार छानेको बताए। उनको कुरामा सहमत जनाउँदै उपासनाले फिल्ममा मगरकै कथा रहेको हुनाले छानिन पुगेको बताइन्। 

यो फिल्मको ‘रुकुम मैकोट’गीत अहिले चर्चामा छ। युट्युबको शीर्ष स्थानमा गीत पुगेको हुनाले निर्देशक मगर दंग रहेको बुझियो। 

भदौ १७, २०८१ मंगलबार २०:१७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।