बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी २२ लाख ५० लाख ठगी गर्ने २ जना पक्राउ

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी २२ लाख ५० लाख ठगी गर्ने २ जना पक्राउ

काठमाडौँ : विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै  २२ लाख ५० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा गाउँपालिका-२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका-१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरी छन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यकाअनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र उज्वेकिस्तानलगायत देशमा लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्याएर विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

लामाले विदेश पठाउने भन्दै सात जनाबाट १० लाख तथा चौधरीले छ जनाबाट १२ लाख ५० हजार लिएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले जानकारी दिए। 

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको छ। 

भदौ १७, २०८१ मंगलबार २०:०२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।