सहकारी ठगीबारे गठित संसदीय छानबिन समितिको म्याद १५ दिन थपियो

सहकारी ठगीबारे गठित संसदीय छानबिन समितिको म्याद १५ दिन थपियो

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको लागि १५ दिन कार्यावधि थप गरिएको छ। 

प्रतिनिधिसभाको आजको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई सभाले सर्वसम्मतिले पारित गरेको थियो।

तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाले कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित पटकपटक संसद घेरेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एमाले सांसद सूर्य थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बनाएको थियो। 

तीन महिनाको कार्यावधि पाएको समितिको समय भदौ २२ मा सकिँदै छ। तर, त्यसबेलासम्म छानबिन नसकिने भएपछि म्याद थपिएको हो।  

प्रमुख आरोपी बनाइएका रास्वपा सभापतिसमेत रहेका लामिछानेसँग भने छानबिन समितिले बयान लिइसकेको छ। 

भदौ १७, २०८१ मंगलबार १९:०१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।