बजार सफा गर्ने क्रममा भेटिएका फोहर बोतल बेचेर विद्यार्थीलाई कापीकलम

बजार सफा गर्ने क्रममा भेटिएका फोहर बोतल बेचेर विद्यार्थीलाई कापीकलम

तुलसीपुर (दाङ) : फोहर फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। 

तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यसबाट सङ्कलन भएको रकमलाई यस्तै न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानको संयोजक निमबहादुर बुढाथोकीले बताए। 

'हाम्रो सरसफाइ अभियान एक सय ६४औँ हप्तामा प्रवेश गरेको छ, हामीले लामो समयदेखि तुलसीपुरमा प्रत्येक हप्ता सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ, उनले भने। 

त्यो विद्यालयका ५० बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको हो। 

धेरैजसो विद्यार्थी अभिभावकविहीन बनेका तथा विद्यार्थीदेखि अभिभावक टाढा भएकाहरू अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले बताए।  

भदौ १८, २०८१ मंगलबार १७:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।