कङ्गोमा जेल तोडेर भाग्ने क्रममा गोली चल्दा १२९ जनाको मृत्यु

कङ्गोमा जेल तोडेर भाग्ने क्रममा गोली चल्दा १२९ जनाको मृत्यु

एजेन्सी : डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९  जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले बताएका छन्। 

यस घटनामा मृत्यु भएका मध्य २४ जनाको चेतावनीपछि गोली हानेर मृत्यु भएको बताउँदै मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जानकारी गराए। 

राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन्।

यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भीडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको मन्त्रालयले जनाएको छ।

प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपूर्ण अवस्था सिर्जना भएको बताए। एक इलेक्ट्रिशियन दड्डी सोसोले घटनापछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताए।  

भदौ १८, २०८१ मंगलबार १५:५३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।