‘आईजीपीको जिब्रो थुत्नुपर्छ’ भन्ने अभिव्यक्तिमा आपत्ति जनाउँदै सांसद् खतिवडाको आग्रह- ‘मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्’

‘आईजीपीको जिब्रो थुत्नुपर्छ’ भन्ने अभिव्यक्तिमा आपत्ति जनाउँदै सांसद् खतिवडाको आग्रह- ‘मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्’

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको जिब्रोमा ब्रेक लगाउन आग्रह गरेका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो आग्रह गरेका हुन्। मन्त्री गुरुङले केही दिनअघि नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति दिएको उनको भनाइ छ।

‘मन्त्रीज्यूले नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ। यो अभिव्यक्ति आपत्तिजनक छ,’ उनले भने, ‘मन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु जिब्रोमा ब्रेक लगाइयोस्।’

सांसद खतिवडाले सम्बन्धित मन्त्रीसँग यसको जवाफ समेत संसदमा माग गरेका छन्।

भदौ १७, २०८१ मंगलबार १४:०२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।