अमेरिकाले जफत गर्‍यो भेनेजुएलाका राष्ट्रपतिको लक्जरी जेट

अमेरिकाले जफत गर्‍यो भेनेजुएलाका राष्ट्रपतिको लक्जरी जेट

एजेन्सी : अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको लक्जरी जेट जफत गरेको छ।

समाचार एजेन्सी एपीका अनुसार ठगीपूर्वक जेट किनेको र तस्करीमार्फत अमेरिकाबाट बाहिर लगिएको आरोप लगाउँदै अमेरिकी अधिकारीहरूले जेट जफत गरेका हुन्।

डोमिनिकन रिपब्लिकमा मादुरोको लक्जरी जेट डस्साल्ट फाल्कन ९०० ईएक्स जफत गरिएको छ। यो क्यारिबियन सागरमा अवस्थित ल्याटिन अमेरिकी देश हो। सीएनएनका अनुसार अमेरिकी अधिकारीहरूले सोमबार विमानलाई अमेरिका लगेका थिए।

डस्साल्ट फाल्कन ९०० ईएक्सको मूल्य १३ करोड डलर (करिब ११० करोड रुपैयाँ) छ। अमेरिकी अधिकारीहरूका अनुसार लक्जरी जेट २०२२ को अन्त्य र २०२३ को सुरुको बीचमा मादुरोसँग सम्बन्धित व्यक्तिहरूले पहिचान लुकाएर किनेका थिए।

यसका लागि उनले क्यारेबियन शेल कम्पनी प्रयोग गरेको समाचारमा उल्लेख छ। उनीहरूले अप्रिल २०२३ मा अवैध रुपमा विमान भेनेजुयला लगेको अमेरिकीहरूको दाबी छ।

अमेरिका र भेनेजुएला सरकारहरू बीच व्यापार लेनदेनमा प्रतिबन्ध छ। रिपोर्टका अनुसार मादुरोको जेट सान मारिनोमा दर्ता भएको थियो। भेनेजुएलाका प्रधानमन्त्रीले धेरै विदेश भ्रमणहरूमा यो विमान प्रयोग गरेका थिए।

रेकर्डका अनुसार विमान किन्ने ठेगाना सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सको देशमा दिइएको थियो। पछि यसलाई सान मारिनोमा दर्ता गरी भेनेजुएला पठाइएको बताइएको छ।

अमेरिकाले ठगी पत्ता लागेपछि जनवरी २०२३ मा उक्त विमानको दर्ता रद्द गरेको थियो।

भदौ १८, २०८१ मंगलबार १२:०८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।