६० बालिकमाथि यौन शोषणको आरोपमा अष्ट्रेलियामा एक युवक दोषी ठहर
एजेन्सी : अष्ट्रेलियामा एक बाल हेरचाह कार्यकर्ता ६० बालिकालाई यौन शोषण, बलात्कार र दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर भएका छन्।
एश्ले पल ग्रिफिथ नाम गरेका उनले बाल हेरचाह केन्द्रमा काम गर्दा यी अपराध गरेका थिए। ग्रिफिथ ब्रिस्बेन जिल्ला अदालतमा ३०० भन्दा बढी मुद्दामा मुद्दा चलिरहेका थिए।
ग्रिफिथले २००३ देखि २०२२ सम्म ब्रिस्बेन र इटालीका तालिम विद्यालयहरूमा अपराध गरेका थिए। सोमबार सुनुवाइको क्रममा, जिल्ला न्यायाधीशलाज्ई एश्ले विरुद्धको आरोपहरू पढ्न २ घण्टा भन्दा बढी समय लागेको थियो।
सुनुवाइका क्रममा पीडित बालबालिकाका आमाबुवा र परिवारका सदस्य पनि अदालतमा उपस्थित थिए।
सन् २०२२ मा अस्ट्रेलियाको प्रहरीले ६० बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो। गत वर्ष प्रहरीले उनीमाथि लागेको आरोप सार्वजनिक गरेको थियो।
४६ वर्षीय ग्रिफिथ अस्ट्रेलियाको इतिहासमा सबैभन्दा बढी मुद्दामा दोषी ठहर भएका आरोपी हुन्।
प्रहरीले ग्रिफिथविरुद्ध सन् २०२३ मा ९१ बालबालिकाविरुद्ध एक हजार ६९१ मुद्दा दर्ता गरेको थियो। यस वर्षको सुरुमा मुद्दाको संख्या घटाउँदै ३०७ मा झारिएपछि उनलाई जिल्ला अदालतमा पेश गरिएको थियो।
उनविरुद्ध अभद्र व्यवहारका १९०, बलात्कारका २८, बाल शोषण सामग्री बनाउने ६७, अष्ट्रेलिया बाहिर बाल शोषण सामग्री बनाउने ४ घटना, बालबालिकासँग पटक-पटक यौनसम्पर्क गरेको १५ वटा घटना र अन्य मुद्दा दायर छन्।
उनले तीन सयभन्दा बढी आरोपमा अपराध स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
भदौ १८, २०८१ मंगलबार ०८:४५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।