२२ वर्षीया युवतीको हत्या आरोपमा खाँ पक्राउ

२२ वर्षीया युवतीको हत्या आरोपमा खाँ पक्राउ

बागमती : हेटौंडा उपमहानगरपालिका-११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

हेटौंडा-१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेला परेकी थिइन्। उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौंडा-४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो।

खाँलाई हेटौंडा-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

भदौ १७, २०८१ मंगलबार ०८:२२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।