सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं : सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पको धक्काको सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो।

भदौ १७, २०८१ मंगलबार ०७:०८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।