'यत्रो दुख गरेर ल्याएको व्यवस्था छ, सरकार भने नकारात्मक कुराहरूमा मात्र अल्झिरहेको छ'

'यत्रो दुख गरेर ल्याएको व्यवस्था छ, सरकार भने नकारात्मक कुराहरूमा मात्र अल्झिरहेको छ'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले दुख गरेर ल्याएको व्यवस्थालाई सरकारले चासो नदेखाएको गुनासो गरेका छन्।

सोमबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद परियारले सरकार नकारात्मक कुराहरूमा मात्र अल्मलिरहेको बताए। 

उनले भने, ‘हामीले यत्रो क्रान्ति र दुख गरेर व्यवस्था ल्याएका छौं, त्यो व्यवस्थाजन्य गर्नुपर्ने कुरालाई कुनै पनि सरकार खासै इच्छुक देखिँदैन, सरकार नकारात्मक कुराहरूमा मात्र अल्झिरहेको छ, कानून बनेका छैनन्, निर्देशन गरेको नीति अनुसारका काम बनेका छैनन्, कार्यक्रमहरू ल्याइएको छैन।’

उनले संविधानले कल्पना गरेका दायित्वहरू राज्यले पूरा नगरेको भन्दै सरकार गलत बाटोमा मात्र गइरहेको जिकिर गरे।

भदौ १७, २०८१ सोमबार २१:०८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।