धरानमा प्रहरीले चेकजाँच गर्न खोज्दा नरोकी भागेको कारभित्र ४ बोरा गाँजा भेटियो

धरानमा प्रहरीले चेकजाँच गर्न खोज्दा नरोकी भागेको कारभित्र ४ बोरा गाँजा भेटियो
फाइल

काठमाडौं : चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ पाँच ग्रामसहित काठमाडौं महानगरपालिका-१९ रानीबारी बस्ने ३० वर्षीय राज कुमार श्रेष्ठ पक्राउ परेका छन्। 

प्रहरीले धरानदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१–००६ ख ५८८३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

त्यस्तै, धरान उपमहानगरपालिका-१३ निसानेबाट अवैध लागूऔषध गाँजा करिब ९८ किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ।

प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.११ च ५९४३ नम्बरको कारलाई रोकी जाँच गर्न खोज्दा कार नरोकी भागेको र सोही ठाउँस्थित निसानेमा कार छाडेर चालक फरार भएपश्चात् प्रहरीले कार तलासी गर्दा डिकीमा चारवटा बोरामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो।

प्रहरीले हाल फरार कार चालकको खोजी गरिरहेको छ। 

भदौ १६, २०८१ सोमबार १९:४२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।