जुम्लामा काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो

जुम्लामा काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो

जुम्ला : जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ४ स्थित लुमको काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ। 

गत बुधबार सोही ठाउँको लुममा रहेको काठेपुलबाट खसेर बेपत्ता भएका २८ वर्षीय बुढाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए। 

पुलबाट करिब १४ किलामिटर तल उर्थुमा शव भेटिएको जिल्ला प्रहरीले जनाएको छ। 

गएको बुधबार बिहानै ८ बजे गाउँपालिको लासी बजारबाट तल्फी जाने क्रममा क१प १८२० नम्बरको मोटरसाइकल पुलबाट जवा नदीमा खसेको थियो। 

भदौ १६, २०८१ सोमबार १८:५४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।