पदभार ग्रहण गर्दै दिनेशले भने 'मलाई युज गर्नुभयो भने मेरो आमा शेर्पा हो भन्ने कुरा सम्झाउन चाहन्छु'
काठमाडौं : चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो फाइदाको लागि आफूलाई कसैले प्रयोग नगर्न आग्रह गरेका छन्।
सोमबार पदभार ग्रहण गर्दै डिसीले आफूसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय सम्बन्ध लाई राम्रो कामको लागि प्रयोग गर्न सकेमा व्यक्तिगत र पेसागत हितका लागी उपयोगी हुने भन्दै व्यक्तिगत प्रयोगको सट्टा सबैले मिलेर राम्रो काम गरे इन्डष्ट्रि पूरै फाइदामै जाने बताए।
उनले भने, ‘मलाई युज नगर्नुस्, राम्रो गर्नुस् इन्डष्ट्रि पूरै फाइदामा जान्छ, मसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय नेटवर्क र सम्बन्ध जुन छ ति सम्बन्धहरू यहाँहरूको गाडी चालकदेखि लिएर सदस्य सचिवज्युसमेतले राम्रो कामको लागि प्रयोग गर्नुभयो भने व्यक्तिगत लगायत पेसागत हितका लागी पनि म उपयोगी हुन सक्छु, तर मलाई प्रयोग भएको महसुस भयो भने मेरो आमा शेर्पा हो भन्ने कुरा यहाँहरूलाई भन्न चाहन्छु।’
उनले आफू जागिर खानको लागि नभएर काम गर्न आएको उल्लेख गरे।
उनले चलचित्र क्षेत्रलाई जिरोबाट सुरू गर्ने भन्दै अगाडि चिनेको दिनेश डिसीलाई सबैले भुल्नुपर्ने बताए।
गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो।
भदौ १६, २०८१ सोमबार १८:२२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।