सुतेकै अवस्थामा सर्पले टोक्दा ५ वर्षीय बालकको ज्यान गयो

सुतेकै अवस्थामा सर्पले टोक्दा ५ वर्षीय बालकको ज्यान गयो

काठमाडौं : कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बालक विकलाई गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा सर्पले टोकी घाइते भएको र उपचारको क्रममा राति १ः ५० बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

त्यसैगरी गएराति नै सर्पले टोकेर कैलालीको गोदावरी नगरपालिका-६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन्। 

विष्टलाई उनकै किराना पसलको घर आँगनमा दाहिने खुट्टामा सर्पले टोकी घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। 

भदौ १६, २०८१ सोमबार १७:०४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।